स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने

अत्तरिया- सुदूरपश्चिमका लागि बहुप्रतीक्षित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। विश्वविद्यालय सभाको बैठकले चार वटा सङ्कायमा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार एमबिबिएसमा ५०, बीएस्सी नर्सिङमा ३०, बीएमएलटीमा २० र अप्टोमेट्रीमा २० जना विद्यार्थी भर्ना गरिनेछ। साथै, ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ।

Navadurga sun

सरकारले आवश्यक बजेट सुनिश्चित गर्दै ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ। हालसम्म विश्वविद्यालय निर्माणमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने ४२ वटा भवन निर्माण सम्पन्न भएका छन्।

यो विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। यसले क्षेत्रमै गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...