महाकालीमा उर्लियो पानी, शारदा ब्यारेजमा चारपांग्रे सवारी रोक

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि कञ्चनपुरको शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा लगाइएको रोक बुधबार पनि कायमै रहेको छ।

प्रहरीका अनुसार मंगलबार महाकाली नदीमा पानीको बहाव २ लाख ९७ हजार क्युसेक पुगेपछि बिहानदेखि चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। बुधबार बिहान पानीको बहाव घटेर २ लाख ५५ हजार २८४ क्युसेक पुगे पनि अझै खतराको तहभन्दा तल नझरेकाले आवागमन खुलाइएको छैन।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेकभन्दा बढी भएपछि नेपाल–भारत जोड्ने शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ।

पानीको बहाव निरन्तर घट्दो क्रममा रहेकाले पहाडी क्षेत्रमा थप वर्षा नभएमा बुधबार दिउँसोसम्म शारदा ब्यारेज पूर्ण रूपमा खुल्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...