जग्गा विवादमा भाइ कुट्ने दिदी–भिनाजु पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा जग्गासम्बन्धी विवादका क्रममा आफ्नै भाइलाई कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ परेका छन्।

वेदकोट नगरपालिका–७ गाउजीका ४९ वर्षीय गोपाल गिरीलाई कुटपिट गरेको आरोपमा उनकी दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun

कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार गिरीमाथि कुटपिट गरेको पाइएपछि उनीहरू दुवैलाई मंगलबार राति नै पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी तथा जग्गासम्बन्धी विवादका कारण उनीहरूले गिरीमाथि लाठी प्रहार गरी कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका गिरीको पिठ्युँमा चोट लागेको छ। उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ भने माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गिरी र उनकी दिदी–भिनाजुबीच जग्गासम्बन्धी विवाद रहेको खुले पनि घटनाको विस्तृत कारण भने अझै खुल्न बाँकी छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...