केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं- देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Navadurga sun

मनसुन सक्रिय रहेकाले केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...