देशका केही भागमा आंशिक बदली, केहीमा हल्का वर्षा हिमपातको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा विभिन्न भागमा आंशिक बदली देखिएको छ भने केही स्थानमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा सामान्य बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी हिमाली क्षेत्र आंशिक बदली रहनेछ। पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, वर्षा र हिमपातको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Loading...