सुदूरपश्चिममा पाठेघर क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ। प्रदेशभर ३० हजार ७८६ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।

स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निर्देशक मिनराज जोशीका अनुसार, कैलालीमा १०,३४३, कञ्चनपुरमा ५,५५३, डोटीमा २,५८३, बाजुरा १,८०६, बझाङ २,४९६, अछाम २,५७८, डडेल्धुरा १,५१६, दार्चुला १,४५८ र बैतडी २,४५३ बालिकालाई खोप दिइनेछ।

Navadurga sun

खोप कार्यक्रम माघ २७ देखि फागुन २ सम्म विद्यालयमा सञ्चालन हुनेछ भने छुटेका बालिकाले फागुन १५ सम्म नजिकको स्वास्थ्य संस्थामा खोप लगाउन सक्नेछन्।

यस वर्षको अभियानमा कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय नजाने १० वर्षसम्मका बालिकालाई प्राथमिकता दिइएको छ। गत वर्ष अभियानमा कक्षा ६–१० का छात्रा र ११–१४ वर्ष उमेर समूहका किशोरीले खोप पाएका थिए।

निर्देशक जोशीले भने, पाठेघर क्यान्सर रोकथामका लागि तीन उपाय महत्वपूर्ण छन् – १०–१४ वर्षका किशोरीलाई खोप, ३० वर्षमाथिका महिलाको नियमित स्क्रिनिङ र रोग पहिचान भएका महिलाको उपचार।

नेपालमा हरेक वर्ष करिब १,३१३ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र हरेक दिन करिब चार महिलाको मृत्यु हुने तथ्यांक छ। एचपिभी संक्रमण यौन सम्पर्कबाट सर्छ र लामो समय रहिरहेमा क्यान्सर बन्न सक्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...