कैलालीकाे अत्तरियामा दुई दिने अभिमुखिकरण गाेष्ठी कार्यत्रम सम्पन्न

अत्तरिया- कैलालीकाे अत्तरियामा दुई दिने अभिमुखिकरण गाेष्ठी कार्यत्रम सम्पन्न भएकाे छ । शनिबार सम्पन्न उत्त कार्यत्रममा कैलालीका दुई वटा स्थानिय तहका नगरस्तरिय खाध्य अधिकारी संञ्जालले नागरिकहरुको खाध्य अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

कैलालीको अत्तरियामा परिवर्तनका लागि कार्यरत युवा समूह (याक नेपाल) को आयोजना सम्पन्न भएको २ दिने अभिमुखिकरण गोष्ठीमा गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा गठन भएको नगस्तरिय खाध्य अधिकार संजालले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

दुवै संजालले आ-आफ्ना नगरपालिका भित्र नागरिकहरुका खाध्यअधिकार सम्बन्धिका सवालहरु उठान गर्दै उक्त मागहरु तत्काल सम्बोधन गर्न स्थानिय सरकारको ध्याकार्षण गराएका हुन् ।

जसमा गोदावरी नगरपालिका वडा नं ५ गेटी, गौरीगंगा नगरपालिका वडा नं १ पिपलटोल र वडा नं १० शान्तिटोलमा बसोबास गरिरहेका मुक्तकमैया, मुक्त हलिया र भुमिहीन दलित परिवारसंग खेती गर्न आफ्नो जग्गा नभएकोले लिजमा खेती गर्नका लागि सम्वन्धित नगरपालिका तत्काल लिजमा जग्गा लिई सोमा खेती गर्नका लागि आवश्यक मल , बिउ , सिचाई, सुबिधाका लागि अनुदानको ब्यबस्था गर्न माग अघि सारिएको छ ।

Dadeldhura hospital

त्यसैगरी गोदावरी नगरपालिका वडा नं ५ गेटीमा वसोवास गरीरहेका मुक्तकमैया परिवारलाई यथासिघ्र विधुत उपलब्ध गराउनु पर्ने र राज्यबाट प्रदान गरिने सेवा सुविधाहरू जस्तै मल बीउविजन,अन्य साना व्यवसायको लागि आवश्यक कर्जा नपाउने लगायतका सुविधा नपाउदा जिविकोपार्जनमा सहज हुने वातावरण मिलाई दिनु पर्ने र सो मुक्तकमैयाको यथासिघ्र पुर्नस्थापना गरि दिनु पर्ने , गौरीगंगा नगरपालिका वडा नं १ पिपलटोलमा खानेपानी, शौचालय र विधुत सेवाको व्यवस्था नभएकोले तत्काल व्यवस्था गरी दिनु पर्ने साथै जिविकोपार्जनका लागि आयआर्जन र सीप विकास तालीम र सामग्रीको व्यवस्था गरीदिनु पर्ने र सो समुदायका व्यक्तिहरुमा वांसाबाट विभिन्न सामग्रीहरु जस्तै, डोका,डाला, नाङ्गला आदि बनाउने सिप भए पनि वांस लगाएत अन्य आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था नभएकोले सो व्यवस्था संचालनका लागि गौरीगंगा नगरपालिकाले आर्थिक र सामग्री सहयोग गरि दिनु पर्ने साथै समुदायको जग्गा सुरक्षाका लागि नदिमा तटबन्ध निर्माण गरीनु पर्ने आवाज संजालले उठाएको छ ।

यसैगरि नगरपालिकामा जनताको खाध अधिकार सुनिश्चित गर्नका लागि खाध अधिकार तथा खान सम्प्रभुता सम्बन्धित ऐन, २०७५ को दफा ३६ मा व्यवस्था भएको नगरप्रमुखको अध्यक्षतामा गठन गर्न सकिने स्थानीय खाध समन्वय समिति यथासिघ्र गठन गरीनु पर्ने र नगरपालिकामा पोषण योजना निर्माण गरी यथासिघ्र लागु गर्न र कोभिड १९ कारणले प्रभावित भएका नागरिकहरुको जिविकोपार्जनको यथोचित ब्यबस्था गरिनुपर्ने र नगरपालिका भित्र छुट भएका मुक्त हलियाको लगत संकलन यथासिध्र गर्न गोदावरी नगरपालिका स्तरिय खाध्य अधिकार संजालकी संयोजक लक्ष्मी कुमारी लुहार र गौरीगंगा नगरपालिका स्तरिय खाध्य अधिकार संजालकी संयोजक सुमन सिलाधरद्धारा हस्ताक्षित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नगरपालिका भित्रका खाधअधिकार हनन् भएका व्यक्ति,समुह तथा समुदाय, जनजाति,एच.आई.भि.संक्रमित, अपाङ्ग आदिको खाधअधिकार सुनिश्चित गर्न, किसानलको हकहितका लागि वकालत गर्न र स्थानीय सरकारलाई सहयोग गर्न नगरस्तरीय एउटा संजालको आवश्यकता महसुस गर्दै यही फागुन २३ गते गौरीगंगा नगरपालिका र फागुन २८ गते गोदावरी नगरपालिकामा नगरपालिका स्तरीय खाधअधिकार संजाल गठन गरिएको थियो।

संजालको उद्देश्य सेवा सुविधाबाट वन्चितिकरण रहेको समुदायहरुलाई सरकारी निति नियमहरू वारेमा जानकारी गराउने आफ्ना मागहरुलाई योजना तर्जुमा प्रक्रियाकामा समावेश गराउनका लागि न्यूनिकरण गर्ने उपायहरूको प्रयोगका लागि वकालत तथा पैरवी गर्ने आदि रहेको गौरीगंगा नगरपालिका स्तरिय खाध्य अधिकार संजालकी संयोजक सुमन सिलाधरले बताइन् ।

याक नेपालले नव गठित खाध्य अधिकार संजालका पदाधिकारीहरुका लागि खाध्य अधिकार अबधारणा र खाध्य अधिकार हनन्का सबाल दस्ताबेजीकरण सम्बन्धि दुई दिने गोष्ठीको आयोजना गरेको हो । जसमा खाध्य अधिकार र नागरिकहरुलाई खाध्य अधिकार हनन् हुनवाट जोगाउन के गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउनुका साथै यसमा छलफल गरिएको थियो ।

कार्यक्रममा याक नेपालका कार्यकारी अधिकृत सरुजु प्रसाद चौधरी , याक नेपालका कार्यक्रम संयोजक देवी खनाल सहित गोदावरी र गौरीगंगा नगरपालिकावाट संजालमा आबद्ध २४ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो।

Loading...