अत्तरिया- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर- ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कमल बमले उम्मेदवारी दर्ता गराएका छन् ।



राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका केन्द्रिय अध्यक्ष समेत रहेका बम पहिलोपटक प्रत्यक्ष निर्वाचनको प्रतिष्पर्धामा उत्रिएका हुन् ।


चुरे गाउँपालिका निवासी बम विद्यार्थी राजनितिबाटै उदाएका नेता हुन् ।





