


धनगढी- राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका खम्बबहादुर खातीले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदेश सभा सदस्य पदम बहादुर शाही र समर्थकमा एमालेबाट प्रदेश सभा सदस्य चक्र बहादुर मल्ल रहेका छन्।
एमालेका तर्फबाट लिला कुमारी भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्। प्रस्तावकमा प्रदेशसभा सदस्य धर्मराज पाठक र समर्थकमा प्रदेशसभा सदस्य सन्तोषी थापा शर्मा रहेका छन्।


राष्ट्रिय सभाका लागि एमाले, कांग्रेस र जसपाबीच चुनावी तालमेल भएको छ। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने जनाएको छ।





