सुदूरपश्चिममा महिला मतदाता पुरुषभन्दा बढी

धनगढी- सुदूरपश्चिम प्रदेशमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी रहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अद्यावधिक मतदाता विवरणअनुसार प्रदेशमा महिला मतदाता ८ लाख ६४ हजार ४२३ र पुरुष मतदाता ८ लाख ५२ हजार २१९ रहेका छन्। यसका अतिरिक्त १८ जना अन्य मतदाता रहेका छन्। यसरी पुरुषभन्दा महिला मतदाता १२ हजार ४०२ ले बढी भएका छन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशभरि कुल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन्। विसं २०७९ को निर्वाचनमा १६ लाख ६९ हजार ४११ मतदाता रहेकामा हाल ४७ हजार २४९ मतदाता थपिएका हुन्।

Navadurga sun

निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लागत रूपमा कैलालीमा सबैभन्दा बढी ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्। त्यसपछि कञ्चनपुरमा ३ लाख १४ हजार ३८५, अछाममा १ लाख ६५ हजार ३३७ र बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता छन्। यस्तै डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३, डडेलधुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा ८६ हजार ९६१ मतदाता रहेका छन्।

प्रदेशभरि १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...