अत्तरिया महोत्सवमा आज रामजी खाँडसहित कलाकारहरूको बेजोड प्रस्तुति

अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील सांस्कृतिक महोत्सव आज पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुँदैछ। महोत्सवको आजको कार्यक्रममा लोकप्रिय गायक रामजी खाँड प्रमुख आकर्षणका रूपमा रहने भएका छन् ।

आयोजक न्यु सृजनशील युवा क्लबका अनुसार आजको कार्यक्रममा गायक खाँडसँगै नायक प्रभात पाल ठकुरी, चर्चित गायिका अस्मिता अधिकारी र लक्ष्मी नेपाली, साथै डान्सर सबिता लामालगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । आयोजकले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यसअघि आइतबार सम्पन्न कार्यक्रममा र्यापर जी बब र गायक हिमाल सागरलगायत कलाकारहरूले प्रस्तुति राख्दै दर्शकलाई उत्साहित बनाएका थिए । दर्शकको उल्लेखनीय उपस्थिति र कलाकारहरूको सशक्त प्रस्तुतिले महोत्सव थप रौनकपूर्ण बनेको आयोजकको भनाइ छ ।

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको यो महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत–संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ ।

आयोजकले आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिँदै दर्शकलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेको छ ।

Loading...