ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ। शुक्रवार साँझ शुक्लाफाँटा नगरपालिका–५ बन समिति स्थित पूर्व पश्चिम राजमार्गमा म १ त ९३१ नम्बरको ट्याक्टर र सुदूरपश्चिम प्रदेश ०२००४ प २६८८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४५ वर्षीय गड्डु विकको मृत्यु भएको हो ।

Dadeldhura hospital

दुर्घटनामा मोटरसाइकल पछाडि सवार ४० वर्षीय शुक्लाफाँटा नगरपालिका–५ बस्ने विरराम पोखरेल घाइते भएका छन्। घाइते पोखरेलको टी एण्ड सी अस्पताल झलारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

ट्याक्टर, ट्याक्टर चालक लालझाडि गाउँपालिका–३ बस्ने २६ वर्षीय वीरेन्द्र रानालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...