कैलाली- कैलाली जिल्लामा प्रहरीले लागूऔषधसहित दुई जना युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो साँझ ५ः०० बजेको समयमा धनगढी उपमहानगरपालिका–१२, जुगेडा क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो ।



चेकजाँचका क्रममा गोदावरी नगरपालिका–६ का २५ वर्षीय नवीन चौधरी र २२ वर्षीय शुसिल चौधरीको साथबाट १९० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।


उक्त लागूऔषधसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।





