


अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा आगामी शैक्षिक सत्र २०८२ का लागि खुलाइएको एमबिबिएस छात्रवृत्तिमा २०१ जनाले आवेदन दिएका छन् ।



चिकित्सा शिक्षा आयोगबाट सञ्चालन भएको प्रदेश स्तरको एमबिबिएस परीक्षा उत्तीर्ण गरेका तथा सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास गर्ने उम्मेदवारलाई लक्षित गरी मन्त्रालयले छात्रवृत्तिका लागि आवेदन मागेको थियो ।


मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराका अनुसार मंसिर २ गतेदेखि १६ गतेसम्म आवेदन दर्ता भएको हो । मन्त्रालयले खुला ५, महिला १, दलित १, थारु–राना थारु १ तथा अपाङ्गता भएका १ गरी कुल ९ सीटका लागि आवेदन आह्वान गरेको थियो । आवेदन मूल्यांकन तथा छनोट प्रक्रियापछि अन्तिम नतिजा सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।





