फारवार्ड माइक्रोफाइनान्सको एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाश बहादुर बोहरा
अत्तरिया, १२ चैत- कैलालीको अत्तरियामा ग्राहक सदस्यहरुका लागि एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । फारवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय गोदावरीको आयोजनामा बिहीबार होटल डेलिसियसमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम गोमती जोराको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं.२ को वडा अध्यक्ष कृष्ण राज जोशी रहनु भएको थियो ।

Navadurga sun

उक्त लघुवित्त वित्तिय संस्थाले यत्रतत्र छरिएर रहेका महिलाहरुलाई संगठित गरी जिविको उपार्जन गर्नमा ठूलो भुमिका खेलेको बताए । यो संस्थाले महिलाहरुलाई समूह बताउनु पर्छ भन्ने कुराको पनि बोध गराएको समेत बताए ।


त्यसैगरी विशिष्ट अतिथीम ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख उमेश चन्द रहेका थिए भने अतिथीमा फरवार्ड सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख परमानन्द चौधरी, फरवार्ड शाखा कार्यालय जोगबुढाका कार्यालय प्रमुख केशव राज भट्ट, फरवार्ड धनगढी शाखाका कार्यालय प्रमुख दुर्गा प्रसाद चौधरी लगायतका सहभागि भएको कार्यक्रममा संस्थाका सहभागी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा वित्तिय साक्षरता, बचत, कर्जा, बिमा, रेमिटान्स, व्यवसायिक योजना, सुखी जीवन, बजेट, अवकास जीवन, आदिका बारेमा अन्तरक्रिया छलफल कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रमको समापन शाखा कार्यालय गोदावरी अत्तरियाका कार्यालय प्रमुख गोमती जोराले गरेको थिए भने कार्यक्रमको संचालन जोगुबुढा कार्यालयका कार्यालय प्रमुख केशव राज भट्टले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...