धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ घुमुवा टोली बनाएको छ । पुरानो टोलीलाई विघटन गरेर सादा पोसाकमा काम गर्ने नयाँ टोली गठन गरिएको हो ।


स्रोतका अनुसार वरिष्ठ सई लोकेन्द्र चन्द ठकुरीलाई घुमुवा टोलीको इन्चार्ज बनाइएको छ । उनको नेतृत्वमा बनेको चार सदस्यीय टोलीले काम सुरु गरिसकेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले कहिलेकाहीँ घुमुवा नराख्न निर्देशन दिए पनि, अपराध अनुसन्धान र सूचना संकलनका लागि प्रहरी कार्यालयहरूले घुमुवा टोली राख्ने गरेका छन् ।
