धनगढी- धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । आइतबार राति १ बजे धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा धनगढी–अत्तरिया छ लेन सडकखण्डमा से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो ।



दुर्घटनामा कार चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ४७ वर्षीय भोजराज राना, भीमदत्त नगरपालिका–१४ का ३७ वर्षीय उपदेश ठाकुर, धनगढी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीया सनिशा चौधरी र ३५ रामशरण राना घाइते भएका छन् ।


कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार घाइते मध्ये चालक रानाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जना खतरामुक्त छन् । चालकको नवजीवन अस्पताल र अन्य तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।





