कञ्चनपुरमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ ५ बजेतिर भिमदत्त नगरपालिका–१ भासीस्थित सुरेन्द्र भण्डारीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा भिमदत्त नगरपालिका–६ ऐठपुरका ५० वर्षीय दीपक पाठकसहित ९ जना व्यक्तिहरूलाई जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Navadurga sun

घटनास्थलबाट प्रहरीले ५५ हजार नगद र ८ गड्डी तास समेत बरामद गरेको जनाएको छ। हाल पक्राउ परेका सबै व्यक्तिहरूमाथि जुवातास ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...