रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस

देशभर सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्दै घटना भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

Navadurga sun

सरकारका अनुसार भदौ २२ गते सोमबार नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपाली राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

मन्त्रिपरिषद्को निर्णयमा रसुवाको भोटेकोशी नदीमा आएको ‘अकल्पनीय भीषण बाढी’का कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप घटना भएको १३औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने उल्लेख छ।

बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रियस्तरमै शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालयसँगै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाएर मृतकहरूप्रति सम्मान व्यक्त गरिनेछ।

ADD Khali jpg
Loading...