आमाको वार्षिक पुण्य तिथिमा अत्तरियाका पाण्डेद्वारा आँखा दान गर्ने घोषणा

धनगढी- कैलालीको अत्तरियाका युवा लोकराज पाण्डे (आगो) ले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका आगोले आफ्नी आमाको वार्षिक पुण्य तिथिको अवसर पारेर आँखा दान गर्ने घोषणा गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

उनले शनिवार नेपाल नेत्र ज्योति संघ कैलालीलाई आँखा दान गर्ने घोषणा गरेका हुन् । उनले आमाले आफूलाई संसार देखाएकाले आमाको वार्षिक पुण्य तिथिको अवसरमा आँखा दान गर्ने घोषणा गरेको बताए । उनले आफ्नो आँखाले नेत्र विहीन मानिसलाई काम लागेस् भनेर मरणोपरान्त दान गर्ने घोषणा गरेको बताए ।

Navadurga sun

पाण्डेले आफ्नो शरीर पनि मरणोपरान्त सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई दान गर्न परिवार सँग सल्लाह गरेको र, विश्वविद्यालयमा एमबिबिएस पढाइ र ६ सय शय्याको अस्पताल सञ्चालनमा आएपछि उक्त घोषणा गर्ने बताएका छन् ।

वार्षिक पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा गेटा आँखा अस्पतालका नेत्र अधिकृत देवराज पनेरुले आँखा दान गर्ने इच्छापत्र पढेर सुनाएका थिए । नेत्र अधिकृत पनेरुले एक जनाले गरेको आँखा दानले दुई जनाको आँखाको ज्योति फर्काउन सकिने बताए । उनले आँखा दान जस्तो सार्थक दान कुनै नहुने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...