धानको समर्थन मूल्य कार्यान्वयन गर्न कैलालीमा सिडिओको नेतृत्वमा निर्णयमूलक बैठक

धनगढी- कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयन गर्नको लागि प्रमुख जिल्ला अधिकारी सिडिओको नेतृत्वमा बैठक बसेको छ । शुक्रवार विभिन्न राजनीतिक दल, किसान, धान खरिद गर्ने व्यापारी सम्मिलित बैठकले कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई यथाशीघ्र धान खरिद प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको हो ।

Ganyapdhura gau

उक्त निर्णयमा कैलाली जिल्लाबाट धान खरिदको परिमाण साबिक भन्दा वृद्धि गरी कम्तीमा ३ लाख क्विन्टलसम्म पुऱ्याउन अनुरोध गर्ने उल्लेख छ । निर्णयमा खाद्यलाई कार्तिक ११ गतेभित्र धान खरिद प्रक्रिया प्रारम्भ गर्ने व्यवस्था मिलाउने अनुरोध गरिएको छ ।

Navadurga sun

यस्तै स्थानीय तहको समन्वयमा आवश्यकता अनुसार धान खरिद केन्द्रहरू थप गर्न पहल गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

Dadhaldhura pur

बैठकले नेपाल सरकारद्वारा निर्धारण गरिएको समर्थन मूल्यको आधारमा रही धानको खरिद–बिक्री कार्य सञ्चालन गर्न गराउन निजीक्षेत्र लगायत सरोकारवालाहरू सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले समर्थन मूल्य निर्धारण गर्ने क्रममा किसान र उपभोक्ताको हित दुवै सुनिश्चित हुने गरी व्यवहारिक समर्थन मूल्य तोक्न नेपाल सरकारलाई सुझाव दिने, अन्य राष्ट्रको नीति तथा त्यहाँको धान मूल्य समेतको विश्लेषण गरी त्यसका आधारमा व्यवहारिक नीति निर्माण गर्न नेपाल सरकारलाई सुझाव दिने, कैलाली जिल्लाका किसानहरूले परम्परागत रूपमा लगाउने मोटो धानको विकल्प खोजी गरी क्रमशः बजार मागअनुसार मसिनो तथा गुणस्तरीय धान उत्पादन गर्न प्रोत्साहित गर्ने उद्देश्यले चेतनात्मक कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले धानको समर्थन मूल्य अनुसार खरिद बिक्री भएको वा नभएको विषयमा अनुगमन समिति गठन गरी अनुगमन गर्ने र सो समितिमा संघरप्रदेशरस्थानीय सरकारका प्रतिनिधि, किसानको प्रतिनिधि र व्यवसायीको एक संयुक्त समिति बनाउने निर्णय गरेको छ ।
सबै धान खरिद केन्द्रहरूमा खरिद बिक्री मूल्य सर्वसाधारणले स्पष्ट देख्न सक्ने गरी अनिवार्य रूपमा टाँस गर्न पनि बैठकले आग्रह गरेको छ । साथै निर्धारित मूल्य कार्यान्वयनका लागि भाइटिकाको दिन देखि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा अनसन बसेका अनसनकारी नेत्र भण्डारीले अनसन अन्त्य गर्ने निर्णय गरिएको छ ।

उक्त निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्न अर्को बैठक १५ दिनभित्र बस्ने जनाइएको छ । कैलालीमा हाल सरकारले तोकेको समर्थन मूल्यभन्दा किसान कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । सरकारले भदौ २६ गते मोटा धानको ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो । तर किसानले हाल सो मूल्य भन्दा एक हजार देखि १५ सय मूल्य कममा धान बिक्री गर्नुपर्ने बाध्यता छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...