दार्चुलामा जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला- दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रवार बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले बताए।

Navadurga sun

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ। जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...