दोदा नदीमा निर्माणाधीन पुल ९० प्रतिशत सम्पन्न, पुष मसान्तभित्र काम सक्ने लक्ष्य

कञ्चनपुर- दोदा नदीमा निर्माणाधीन पुलको ९० प्रतिशत काम सम्पन्न भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणको काम आगामी पुष मसान्तभित्र सक्ने गरी तीव्रगतिमा भइरहेको छ।

Ganyapdhura gau

हालसम्म पुलको सुपरस्ट्रक्चर निर्माण पूरा भइसकेको छ भने अब दुवै छेउतर्फ पर्खाल र माटो भरान गर्ने काम जारी छ।

Navadurga sun
Dadhaldhura pur

पुल निर्माणको कुल लागत अनुमान रु २४ करोड ७३ लाख ८० हजार रहेको छ। सो परियोजना लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग रु २४ करोड ३ लाख ९२ हजारमा ठेक्का सम्झौता गरिएको थियो।

वि.सं. २०७२ पुस २६ गते ठेक्का सम्झौता भई तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारको ढिलाइका कारण समयमै पुल तयार हुन सकेको छैन।

जोशीका अनुसार म्याद थपेर पुल निर्माण कार्य जारी राखिएको छ। चालु आर्थिक वर्षमा पुल निर्माणका लागि रु ४० लाख मात्रै विनियोजन भएकाले बाँकी काम सम्पन्न गर्न कठिनाइ हुने चिन्ता रहेको उनले बताए। उनका अनुसार पुल पूरा गर्न अझै रु ४ करोड जति बजेट आवश्यक पर्छ।

पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि जोखिम मोलेर दोदा नदी वारपार गर्दै आएका छन्। पुल बनेपछि लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...