कञ्चनपुरबाट जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेको छ ।

Dadeldhura hospital

शनिवार साँझ भीमदत्त नगरपालिका – ४ बजार स्थित १ नम्बर गल्लीका गोरख बहादुर चन्दको घरबाट जुवाडे पक्राउ परेका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun

गोरखको घरमा जुवा तास भई रहेको गोप्य सूचनाको आधारमा खानतलासी गर्न गएको टोलीले भीमदत्त नगरपालिका – १८ का ४५ वर्षीय रमेश भट्ट सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूको साथबाट २३ हजार ११० रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरिएको थियो ।

Loading...