सेती अस्पतालमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि




अत्तरिया, ५ असाेज– कैलालीको सेती प्रादेशिक अस्पतालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा मंगलबार ८६ जनामा गरिएको पिसिआर परिक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा मंगलबार ५ जना संक्रमित उपचारका लागी भर्ना भएका छन भने १ जना निको भएर घर फर्किएका छन । अस्पतालमा हाल १३ जना संक्रमितहरु उपचाररत रहेकामा ४ जनाको आईसियुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।






