कैलाली भन्सार कार्यालयमा राखिएका दुई सयभन्दा बढी मोटरसाइकल खरानी

धनगढी- आन्दोलनकारीले सोमबार राति धनगढीस्थित कैलाली भन्सार कार्यालयमा भीषण आगजनी मच्चाएका छन्। आगजनीबाट कार्यालयको भवनसँगै लिलामीका लागि राखिएका दुई सयभन्दा बढी मोटरसाइकल र कार्यालयका आधा दर्जन सवारीसाधन जलेर खरानी बनेका छन्।

भन्सार अधिकृत एवम् सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार, भन्सार छलि, चोरी तथा मुद्दा–मामिलाबाट बरामद गरिएका ती मोटरसाइकलहरू लिलामी प्रक्रियामा रहेका थिए। तर, आन्दोलनकारीको निशानामा परेपछि सम्पूर्ण मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्। “कार्यालय भवन उपयोगविहीन बनेको छ, मोटरसाइकल र गाडीसमेत खरानी भएका छन्,” अर्यालले बताए।

Navadurga sun

आगजनीका कारण मालवाहक सवारी साधन भने जोगिएको कार्यालयले जनाएको छ। तर कार्यालयको संरचना, कागजात र सवारी साधनमा भएको क्षतिको प्रारम्भिक अनुमान मात्रै करोडौँ रुपैयाँबराबरको रहेको अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रशासनले आगलागी नियन्त्रणमा लिन दमकल परिचालन गरे पनि ठूलो संख्यामा रहेका मोटरसाइकल र कार्यालयको भवन तत्कालै जलेर नष्ट भएकाले क्षति रोक्न सकिएको छैन।

घटनापछि सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन्। कार्यालयमा भएको ठूलो क्षतिको कारण भन्सार प्रक्रिया प्रभावित भएको छ भने सेवाग्राहीहरू समेत समस्यामा परेका छन्।

स्थानीयस्तरमा राजनीतिक आन्दोलन चर्कँदै गएको अवस्थामा सरकारी कार्यालयमा गरिएको यो आगजनीले प्रशासनिक कामकाज र कानून–व्यवस्थाप्रति चुनौती खडा भएको विश्लेषण गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...