बझाङ कारागारबाट फरार कैदी भीरबाट खसेर गम्भीर घाइते

बझाङ- बझाङ कारागारबाट भागेका एक कैदी प्रहरीको नियन्त्रणमा आउनबाट जोगिन भीरबाट हाम फालेर गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जाजरकोट भेरी नगरपालिका–४ का २८ वर्षीय रोहित सुनार (उदिप) रहेका छन्। उनी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्रप्रसाद धमलाका अनुसार सुनारलाई बझाङको बित्थडचिर गाउँपालिका क्षेत्रबाट पक्राउ गर्ने प्रयासका क्रममा उनले झन्डै ३ सय मिटर अग्लो भीरबाट हाम फालेका थिए। यस क्रममा उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ।

Navadurga sun

सुनारलाई हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने भएको प्रहरीले जनाएको छ।

सुनारसँगै भागेका अर्का कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पुनमाथि पनि कर्तव्य ज्यानसम्बन्धी मुद्दा रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...