हाप म्याराथुन धनगढी दौडन्छ चैत २८ गते हुने

धनगढी- हाप म्याराथुन धनगढी दौडन्छ चैत २८ गते आयोजना हुने मिति तय भएको छ । कोरोनाका कारण रोकिएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ हुने धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले जानकारी दिए ।
हरेक बर्ष धनगढी जेसिजले गर्दै आईरहेको म्याराथुन दौड प्रतियोगिता कोरोनाका कारण गत बर्ष हुन सकेको थिएन । यस बर्ष धनगढी जेसिजले कार्यकारणी उपाध्यक्ष मोहन ओझाको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ ।

Dadeldhura hospital

म्याराथुनको खुला दौडका लागि प्रथमका लागि नगद ५५ हजार पाँच सय ५५, द्वितियका लागि ३३ हजार तिन सय ३३ र तृतियका लागि २२ हजार दुई सय २२ नगद रकम रहेको छ । कर्पोरेट मिडिया तर्फको दौडका लागि प्रथमका लागि पाँच हजार पाँच सय ५५, द्वितियका लागि तिन हजार तिन सय ३३ र तृतियका लागि दुई हजार दुई सय २२ नगद धनराशी पुरस्कार तय गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

कर्पोरेट महिला तर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियका लागि पाँच हजार धनराशीको पुरष्कार तय गरेको हाप म्याराथुनका मुल आयोजक समितिका संयोजक मोहनराज ओझाले जानकारी दिए । धनगढी हाफ म्याराथन २०२१ को सातौं संस्करण आयोजना हुने भएकाले खेलप्रेमी धाबक, ब्यापारी, संघ संस्था लगायत सम्पुणर् जनसमुदायलाई सहभागीता जनाई कार्यक्रम सफल बनाईदिन समेत धनगढी जेसीजले सबैलाई अनुरोध गरेको छ ।

Loading...