भोली धनगढीमा सार्वजनिक विदा

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले साउन १३ गते मगंलबार सार्वजनिक विदा दिएको छ। थारू समुदायले मनाउने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले साउन १३ गते स्थानीय सार्वजनिक विदा दिएको हो। नगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको हो।

सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले बताए। विदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ संस्थालगायत बन्द रहने जनाइएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...