भिमदत्त राजमार्ग बेहाल : सुदूरपश्चिमवासीलाई जोखिम र सास्ती

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्गको हाल अहिले बेहाल छ । राजमार्गको मर्मतका लागि ठेक्का सम्झौता भए पनि काम पूरा नहुँदा करिब २० किलोमिटरको यात्रा सास्तिपूर्ण छ । मालसामान र सवारीका साधन आउजाउमा दुर्घटनाको जोखिम उच्च छ ।

Ganyapdhura gau

सडक मर्मतको काम सुस्त हुँदा सवारी आवतजावत जोखिमपूर्ण बनेको छ भने सर्वसाधारणले दैनिक सास्ती खेप्दै आइरहेका छन । भिमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्क–साहुँखर्क, हगुल्टे लेक र कैलालीको बुढीतोला क्षेत्रमा फुटेको सडक खनेर छोडिएको छ । बर्खाको यो समयमा सडक खनेर छोडिदा ठुला ठुला खाल्टा भएका छन् । यी क्षेत्रमा सडक हिलाम्मे हुँदा गाडी ओहोर दोहोर गर्न निकै समस्या हुने गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ठुला गाडी भन्दा साना गाडीहरू सञ्चालन गर्न निकै कठिन भएको हाइस चालक हरि साउदले गुनासो गरे । अप्ठ्यारो सबैलाई भएको छ । खाल्टाखुल्टी र हिलोका कारण यो क्षेत्रमा दुई घण्टासम्म ढिला हुने गरेको छ । गाडीहरू हिलोमा फस्छन । उनले भने, ‘‘हाम्रा साना गाडीको तल इन्जिन भएको भाग ठोकिन्छ र बिग्रने हुँदा खर्च बढेको छ ।’’ निर्माण कम्पनीले ग्रावेलसमेत नहालेपछि सडक हिलाम्मे बनेको छ । सडकमा पानी जमेर खाल्टाखुल्टी थप गहिरिएका छन् । सवारी चालक करन दियालका अनुसार बर्खामा यो सडक खण्ड भएर आउजाउ गर्नु सवारी साधन नै जोखिममा पार्नु हो । कतिपय ठाउँमा गाडी फस्ने र बिग्रने समस्या भइरहेको छ ।

सवारी चालक रमेश अवस्थीले दुखेसो पोख्दै भने, ‘‘सडक मर्मत भन्दै खनियो तर ग्राबेल हालिएन । अहिले झनै हिलाम्मे छ । यात्रुहरूले कष्टकर यात्रा गर्नु पर्ने बाध्यता छ ।’’ सडक डिभिजन कार्यालय कुलपाते डोटीअन्तर्गत पर्ने यो सडक खण्डको मर्मत दुई पटक टेन्डर भएको थियो । तर निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा सडकको बेहाल भएको हो । राजमार्ग समयमै मर्मत हुन नसक्दा समस्या भएको गुनासोपछि सडक डिभिजन कार्यालयले अनुगमन गरी ग्राबेल हाल्न लगाएको सडक डिभिजन कार्यालय कुलपातेका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए। तर सडकको अवस्था जस्ताको त्यस्तै छ । वर्षाका कारण ग्राबेल हिलोेमा परिणत भएको छ ।

उहाँका अनुसार चैत महिनादेखि नै लगातार वर्षा भइरहेका कारण निर्माण कम्पनीले काम गर्न नसकेको हो । यो सडकखण्ड डडेल्धुराको सबैभन्दा अग्लो स्थान महाभारत पर्वतको करिब दुई हजार मिटरको उचाईमा पर्छ । यहाँ कात्तिक महिना देखि फागुन महिनासम्म नै हिमपात हुन्छ । चैत महिना लागेपछि काम गर्न मिल्छ । तर यस वर्ष चैत महिनादेखि लगातार रूपमा वर्षा भएका कारण यो सडक खण्ड मर्मत गर्न नसकिएको हो । गोरखापत्रबाट

Couple
Loading...