

हरिश चन्द/ डडेल्धुरा ८ असार– डडेल्धुरामा २८ हजार पाच सय मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष किसानले हिउदे र वर्खा गरि एक हजार पाच सय हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरेका छन् । त्यसबाट प्रतिहेक्टर करिब १९ मेट्रिक टन उत्पादन हुँदा कुल २८ हजार पाच सय मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका जनाएको छ ।



कम लगानीमा बढी फाइदा हुने नगदेबाली उखु खेती र मत्स्यपालन व्यवसायतर्फ कृषक बढी आकर्षक भएकाले गत वर्षको तुलनामा यस वर्ष आलु जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको र यस वर्ष २८ हजार पाच सय मेट्रिक टन आलु उत्पादन भएसगै किसानले यस वर्ष ७१ करोडको आलु बिक्रि गरेको देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनु भयो ।


’आलु उत्पादनका हिसाबले डडेल्धुरा जिल्ला आत्मनिर्भर रहेको छ । कृषि ज्ञान केन्द्रको गुणस्तर विउ उन्नत प्रविधि आलु उत्पादनको टेवा पुगेको किसान खेम राज अवस्थीको भनाई रहेको छ । पछिल्लो केहि वर्ष यता सरकारी तहबाट लगानी वृद्धि हुँदा कृषक आलु खेतीतर्फ आकर्षित भएका किसानहरुको भनाई छ ।
जिल्लामा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै पहाडि जिल्ला गायत तराई समेत जाने गरेको छ ।





