राष्ट्रिय मानव अधिकार आयोगले २५ औं रजत जयन्ती मनायो

धनगढी- राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ। रजत जयन्तीको अवसरमा आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजना र सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर कञ्चनपुरमा ‘मानव अधिकार, राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारको प्रवर्द्धनमा कानूनका विद्यार्थीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ ।

यस कार्यक्रमको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यालय प्रमुख र सहसचिव श्री प्रकाशदत्त भट्टले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका माननीय न्यायाधीश दिनेश प्रसाद यादवले गरेका थिए । विशिष्ट अतिथि सुदूरपश्चिम विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्यर भवानी चन्द ठकुरी रहेका थिए ।

Navadurga sun

अतिथिको रूपमा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहोरा, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका उपसचिव झंकर बहादुर रावल, सुदूरपश्चिम विश्वविद्यालयका सह र उप प्राध्यापक, कर्मचारी, आयोगका अधिकृतहरू तथा अन्य कर्मचारीहरू सहित सुदूरपश्चिम विश्वविद्यालयमा कानून संकायमा अध्ययनरत करिब १२० जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी पूजा सुनारले गरेकी थिइन् । स्वागत मन्तव्य आयोगका उप-सचिव झंकर बहादुर रावलले राखेका थिए। त्यसैगरी आयोग स्थापनाको पृष्ठभूमि, काम, कर्तव्य र अधिकार, लगायतका विषयलाई समेटेर आयोगका सह-सचिवरकार्यालय प्रमुख प्रकाशदत्त भट्टले प्रस्तुती राखेका थिए। प्रमुख अतिथि तथा अतिथिहरूले मानव अधिकारको आवश्यकता, सुदूरपश्चिमका मानव अधिकारका सवाल, तिनको सुनिश्चिता गर्न राज्य, गैर सरकारी सँस्था लगायतका निकायहरूको भूमिका बारे आ-आफ्नो धारणा राखेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...