पोखरीमा डुबेर युवकको मृत्यु

nava durga gaupalika

चितवन । चितवनमा पौडी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका– ७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेर भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको हो । प्रहरीले उनीसँगै पौडी खेल्न गएका आठ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Loading...