राना भाषालाई प्रतिबेदनमा उल्लेख गरिनुपर्ने माग सहित भाषा आयोगलाई राना थारु समाजको ध्यानाकर्षण पत्र

धनगढी, २३ भदाै– राना भाषालाई सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषा बनाउन भाषा आयोगलाई राना थारु समाजको केन्द्रीय समितिले आग्रह गरेको छ । आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै समितिले सबै प्रक्रिया र मापन पुरा हुँदा पनि कामकाजको भाषामा सिफारिस नगरेको भन्दै तत्काल थप गर्न आग्रह गरेको हो ।

‘आयोगले आफै तयार पारेको मापदण्ड अनुसार प्रारम्भिक प्रतिबेदनमा राना थारु भाषालाई समावेश गरे पनि त्यसको विपरीत अचानक अप्रत्याशित ढंगले अन्तिम क्षणमा रातारात षडयन्त्र पूर्वक तरिकाले राना थारु भाषालाई प्रतिवेदनबाट अटाइएकोमा घोर आपत्ति प्रकरण गर्दै गम्भीर ध्यानाकर्षण भएको छ ’,भाषा आयोगलाई पठाइएको पत्रमा भनिएको छ ‘भाषा आयोगले राना थारु भाषालाई प्रतिबेदनमा थप गरि सरकारी कामकाजको भाषामा अभिलब्भ सिफारिस गर्न अनुरोध छ । ’

Navadurga sun

अध्यक्ष कृपाराम रानाद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा कैलाली कञ्चनपुरका २७ विद्यालयमा अध्ययन अध्यापन भइरहेको समेत जानकारी गराइएको छ । कामकाजी भाषाको रुपमा राना थारु भाषालाई छुटाएको भन्दै समाजले आन्दोलन समेत गरिरहेको छ ।

मंगलबार काठमाडौँको माइती घर मण्डलामा रानाथारुहरुले विरुद्ध प्रदर्शन गरेका थिए । भाषा आयोगले २०७६ कार्तिक १६ गते थारु भाषालाई पहिचान गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिबेदनमा पहिचान भएको राना थारु भाषालाई २०७६ साल माघ २० गते आदिवासी जनजातिको सूचिमा नेपाल सरकारले सूचीकृत गरेको थियो । तर, वर्तमान सरकारले पूर्वाग्रही ढङ्गबाट कामकाजको भाषा बनाउन बाट रोकेको भन्दै आन्दोलन गरेको नेपाल राना थारु समाजका केन्द्रीय उपाध्यक्ष कमल रानाले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...