पार्टीको नेतृत्व गर्नेहरुले कसैको गुटमा लाग्नु उचित नरहेको : काग्रेस नेता भण्डारी

अत्तरिया, २२ भदौ- नेपाली काग्रेसका नेता सुनिल कुमार भण्डारीले आफु अहिले सम्म कसैको ब्यक्तिगत गुटमा नरहेको बताएका छन् । जिल्लाको निर्देशन अनुसार नेपाली काग्रेस गोदावरी नगरकमिटिले आज अत्तरियामा आयोजना गरेको १४ महादिवेशन लक्षित नगरस्तरिय अन्तकृया कार्यक्रममा बोल्दै उनले आफु अहिले सम्म कसैको ब्यक्तिगत गुटमा नरहेको बताएका हुन् ।

उनले आफु काग्रेसले आयोजना गरेका सबै जसो कार्यक्रमहरुमा पुग्दै आएको बताए । उनले आफुसंगै लामो समय राजनिति गरेका नेताहरुसंगै जादाँ कसैले गुटमा गयो भन्नु गलत रहेको बताए । नेता भण्डारीले आफु अहिले सम्म कसैको ब्यक्तिगत गुटमा नलागेको बताउँदै म प्राय सबैले बोलाएको कार्यक्रममा जान्छु र गए पनि लुकाउनुपर्ने कुरो केही नरहेको समेत बताए ।

Navadurga sun

यस्ता सानातिना कुराहरुलाई लिएर कसैले ठूलो बनाउनुपर्ने जरुरी समेत नरहेको औल्याएउदै यस्ता कुराहरुलाई हामीले ब्यक्तिगत रुपमा लिन जरुरी नरहेको तर अब यस्तै मान्नुहुन्छ भने मेरो भन्नु केही छैन भनेका थिए । नेपाली काग्रेस पूर्व केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उमेद्वार समेत रहेको नेता भण्डारीले पार्टीको नेतृत्व गर्नेहरुले कसैको गुटमा लाग्नु उचित नरहेको समेत बताएका छन् ।

नेता भण्डारीले बिगत देखी कैलाली क्षेत्र नं ४ मा देखिदै आएको दुई पक्षका बिचको विवादलाई पार्टी नेतृत्वकर्ताहरुले चिर्न जरुरी रहेको बताए ।
पार्टीका मुख्य नेतृत्वकर्ताहरुले फ्रन्ट खोलिदिएमा पछिको बाटो भन्द हुने भएकाले सबैले आ-आफ्नो ठाउँवाट सहमतिको प्रयासलाई निरन्तरता दिदै जानुपर्ने समेत बताए । नेता भण्डारीले गोदावरीमा काग्रेसका दुई गुट प्रष्ट रुपमा देखिएकाले वडामा गुटउपगुट नबनाई सहमतिका साथ नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

नेता भण्डारीले मेलमिलाप भनेको पावर शेयरिङ भएकाले यसलाई छलफल र संवादकै माध्यमवाट एक अर्काप्रतिको मनमुटाब हटाउदै लैजानु पर्ने बताए । उनले यो पक्ष राम्रो त्यो पक्ष राम्रो भनेर निणर्ायक बन्न नसक्ने तर समाधानका लागि आफु सधै मध्यस्तकर्ताको भूमिका खेल्दै जाने बताएका छन् । १४ औँ अधिबेशन कैलालीमा अनिश्चित बनेको बेला नेपाली काग्रेस गोदावरी नगरकमिटिले नगरस्तरिय अन्तकृया कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा पूर्व कैलाली जिल्ला सभापती दिर्घराज भाट पक्षिय नेताहरुको सहभागिता रहेको थिएन । कैलाली क्षेत्र नं ४ मा बिगत देखी नै काँग्रेस दुई धारमा बिभाजित रहँदै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...