कैलाली क्याम्पसमा तालाबन्दी, यी कारणले लगाईयो ताला

अत्तरिया, २० भदौ- कैलाली बहुमुखी क्याम्पसमा बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुका मागहरु प्रति सुदूरपश्चिम विश्वबिद्यालय गम्भिर नहुदा आइतबार तालाबन्दी गरेका छन् ।

Dadeldhura hospital

विद्यार्थीहरुले बुधवारमात्रै तिन बुदे माग राख्दै ३ दिनको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका थिए । तिन ओटा बुदाहरुमा बीएएलएलबीको परीक्षामा नेपाली र अंग्रजीमध्ये भाषा छान्न पाउनुपर्ने, अनलाईन परिक्षा सञ्चालन गर्नुपर्ने, सेमेस्टारको परिक्षा सानुपर्ने, चाडो भन्दा चाडो सबै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने र परीक्षा सञ्चालन गराउनु भन्दा अगाडी एक महिना भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने मागहरु राखेका थिए ।

Navadurga sun
Godawari sandesh

तर सो मागहरुमा विश्वबिद्यालय गम्भिर नहुँदा आइतवार कैलाली क्याम्पसमा ताला लगाईएको हो । क्याम्पसका बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले विगत तिन महिना देखिनै बिषयहरुमा क्याम्पस प्रमुख र संकाय प्रमुखसंग माग गर्दै आएका थिए । तर ति कुराहरुमा क्याम्पसबाट कुनै सुनुवाई नहुँदा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Loading...