बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३ जना भने घाइते छन्। जिल्लाको दशरथचन्द नगरपालिका–११ नानिगाडमा शुक्रवार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका-५ बस्ने ५४ वर्षीय चंचले दयाल गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।

Navadurga sun

जिप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका–६ घर भएका जिप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली र दशरथचन्द नगरपालिका १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन्।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। जिप सडकबाट करिब ४० मिटर तल खसेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...