सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजनाहरु अगाडी बढ्छन् : नेतृ देउवा

अत्तरिया, १९ भदाै– नेपाली काग्रेंसकी नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजनाहरु अगाडि बढ्ने दावी गरेकी छन् ।

Dadeldhura hospital

शनिबार धनगढीमा डोटीका विभिन्न वर्गहरुसँग गरिएको छलफलमा यो प्रदेशको समृद्धिका आधार मानिएका योजनाहरु अगाडि बढ्ने दावी गरेकी हुन् । छलफल कार्यक्रममा गेटा मेडिकल कलेज, गौरीफन्टा नाकाको स्तरोन्नति, गेटा विमानस्थलको स्तरोन्नति, फाष्ट ट्रयाक निर्माणको काम अगाडि बढाउन र पश्चिम सेती निर्माणको काम अगाडि बढाउन पहल गर्ने बताईन् ।

Navadurga sun
Godawari sandesh

गेटा मेडिकलल कलेज सञ्चालनको लागि समिति बनेकोमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा यसक्षेत्रका केही चिकित्सकहरु थप गर्नका लागि माग गरेको बताईन् ।

गौरीफन्टा नाकाको स्तरोन्नति र वर्तमान प्रशासनिक कठिनाई समाधान गर्न पनि पहल गर्ने बताईन् । उनले हाल गौरीफन्टा नाका कञ्चनपुरको क्षेत्रमा पर्दा भईरहेको प्रशासनिक जटिलतालाई समाधान गर्न लाग्ने बताईन् । गेटा विमानस्थलको स्तरोन्नतिलाई अगाडि बढाउन पनि पहल गर्ने उनले बताईन् । जग्गा अधिग्रहण गर्दै अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि प्रक्रिया समेत अगाडडि बढाईएको नेतृ देउवाको दावी छ ।

Loading...