डडेल्धुराकी भट्टले गरिन् सहयोगका लागि आग्रह




डडेल्धुरा, १९ भदाै– डडेल्धुरा अमरगढी नगरपालिका वडा नं. ६ मा बस्ने ५४ बर्षीय अनितादेवी भट्ट एकल महिला हुन् । उनी मुटु रोग की बिरामी छन् ।



भट्टले ३ वटा नातीनातिनीहरु छन् । बुढेशकालको साहारा एक मात्र छोरोको मृत्यु भएपछि उनी आर्थिक समस्यामा छन् । छोरोको मृत्यु भएपछि बुहारीले पनि अर्को .विवाह गरिन् । ‘छोरोको मृत्यु भएपछि आर्थिक समस्याले गर्दा नातिनातिनीहरुलाई हुर्काउन समस्या भएको छ’, उनले भनिन् ।


‘कुनै सहयोगी दाताहरु भए मेरो नातीहरुको भविष्य बन्थ्यो ।’ आफुलाई पनि स्वास्थ्यमा समस्या भएको हुँदा नातीहरुको लालनपालनमा समस्या भएको उनले बताईन् । ‘स्थानीय सरकार संग कुरा गरेको केहि रकम छैन् भन्छन्’ भट्टले भनिन् । ‘अव कसलाई भन्ने हो ।’ कक्षा ६, ३ र २ मा अध्ययन गर्ने उनीहरु संग नाती नातिनीहरु रहेका छन् ।
‘सबै भन्दा ठूलो नातिनीको एक संस्थाले पढाउने जिम्मा लिएको थियो’, उनले भनिन् । ‘उसको पनि कार्यक्रम सकिएपछि अहिले कहाँ पढाउने भन्ने समस्या भएको छ ।’ आम्दानीका नाममा मासिक एकल भत्ता मात्र भएको बताउँदै उनले त्यसबाट ४ जनाको परिवारलाई खान लाउन समेत नपुग्ने गरेको बताईन् ।



