गोदावरी १ को मनहरा नदीमा बेपत्ता दुबै बालक मृत फेला

अत्तरिया, १९ भदाै- कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको मनहरा नदीमा बेपत्ता भएका बालक मृत फेला परेका छन्।शुक्रबार दिउँसो २ बजे नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालकको खोजी गर्दै जादाँ राति मृत फेला परेका हुन् । मृत्यु हुनेमा बर्ष १० का योगेन्द्र थापा र बर्ष १४ का अयुग थापा रहेका ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दिउँसो नदीमा नुहाउन गएका दुवै जना घरमा नफर्किएपछि स्थानियले खोजी गर्दै दुवैका लुगा नदीको किनारमा भेटिएको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालय मालाखेतीवाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बैजनाथ बाहिनीवाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली दुवै बालकको खोजीका लागि  घटनास्थल पुगी खाेजी कार्यलाई तिब्रता दिएका  थिए ।

Navadurga sun

नदीको छेउमा रहेको कपडाको आधारमा खोजी गदै जादाँ कपडा भेटिएको १० मिटर टाढाँ अन्दाजी ११ बजेतिर सशस्त्र प्रहरीको गोताखोर टोलीले दुवै बालकको शव नदीवाट निकालेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी शाहीले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...