जिसस कैलालीका उपप्रमुखसहित तीन जना एकीकृत समाजवादीमा

 अत्तरिया, १७ भदाै– जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीन जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

Dadeldhura hospital

समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेबी विक र देवी भण्डारीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ । समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउँदले पनि आइतबार सानाखत गर्ने नेकपा समाजवादीका नेता विमल जोशीले बताए । उनका अनुसार बुढा र साउँद यसअघि नेपाल समूहका खुलेका थिए । जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् ।

Navadurga sun
Godawari sandesh

९ जनाको जिल्ला समन्वय समितिमा तीन जना जनता समाजवादी पार्टी (जसपा)का सदस्य छन् । जसपा विभाजित भएपछि उनीहरू कतै पनि खुलेका छैनन् । जसपा विभाजित बनेपछि महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरिएको छ ।

Loading...