कैलालीमा ३३ बर्षदेखि बेपत्ता ब्यक्तिको प्रहरी द्वारा उद्धार

अत्तरिया, १७ भदौ- कैलाली प्रहरीले ३३ बर्षदेखी बेपता भएका ब्यक्तिको उद्धर गरी परिवारसंग पुनर्मिलन गराएको छ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ टिकलीगढका ६२ बर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु लाई भारतको विहार बाट उद्धनर गरी बुधबार परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारी जानकारी दिए ।

Dadeldhura hospital

उनले काम शिलसिलामा ३३ बर्ष अघि भारतको सिम्ला गएदेखि बेपता भएका डगौरालाई लाई भारतिय प्रहरीको सहयोगमा उद्धार गरिएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

३३ बर्ष देखि बेपता भएका बुवालाई लिन जिल्ला प्रहरी कार्यालय कैलालीमा उनका ३८ बर्षीयय छोरा राम बहादुर डगौरा र छोरी आएका थिए । आश पारिसकेका उनका छोराले यतिका बेर्ष पछि वुवा लाई भेट्न पाउँदा निकै खुशी भएको बताए ।

Loading...