बिपन्न परिवारका २० बालबालीकालाई गोदावरी नगरपालीका-१० का वडा अध्यक्ष शाहीद्वारा बिद्यालय भर्ना

अत्तरिया, १६ भदौ- कैलालीको गोदावरी नगरपालीका वडा नं. १० भागेश्वर टोलका अति बिपन्न परिवारका २० बालबालीकाहरुलाई बिद्यालय भर्ना गरीएको छ । गोदावरी नगरपालिका वडा नं.१० का वडा अध्यक्ष रबिन्द्र शाही गुड्डुले भागेश्वर टोलमा रहेका अति विपन्न परिवारका २० जना बालबालीकाहरुलाई शान्नीकोट युवा क्लबको पहलमा बिद्यालय भर्ना गरेका हुन् ।

Dadeldhura hospital

टोलका अति विपन्न परिवारका बालबालीकाहरुलाई वडा अध्यक्ष शाहीले आफ्नै लगानी लगाएर विद्यालय भर्ना गराएको क्लबका अध्यक्ष प्रेम बोगटीले बताए । उनले विद्यालयमा सुरुवाती चरणमा भर्ना गर्दा लाग्ने शुल्क समेत नहुँदा विद्यालय जान नपाएका बालबालीकाहरुका लागी वडा अध्यक्ष शाही साहारा बनेको बताए । वडा अध्यक्ष शाहीले विगत देखी नै अनाथ, असहाय, अपांग एवम् एकल महिला तथा बालबालीकाहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको बोगटीले बताए ।

Navadurga sun
Godawari sandesh

वडा अध्यक्ष शाहीले आफ्नो वडा भीत्र रहेका कुनैपनि बालबालीका शिक्षाबाट बञ्चीत हुनु नपरोस भन्ने उद्देस्यले आफ्नो निजी लगानीमा ३ देखी ९ कक्षा सम्म अध्यनरत बिपन्न परिवारका बालबालीकाहरुलाई बिद्यालय भर्ना गरिएको बताए । बिपन्न परिवारका २० बालबालीकाहरुलाई सोहि वडामा रहेको जानकी माध्यमिक बिद्यालयमा भर्ना गरीएको छ ।

Loading...