कैलाली मोहन्यालकी कार्यबाहक अध्यक्ष बुढामगर सहित ३ जनाले गरे नेकपा (एस) मा सनाखत

अत्तरिया, १६ भदाै– नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधि पनि खुल्न थालेका छन । मंगलबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगरले नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गरेकी छन्।

Dadeldhura hospital

प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यलयमा पुगेर अध्यक्ष बुढामगरले नेकपा (एस) मा सनाखत गरेकी हुन । कार्यबाहक अध्यक्ष बुढामगर संगै २ जना वडा सदस्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन ।

godawari10 Mahila hinsa
Navadurga sun

यस अघि सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका थिए । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

Loading...