कैलालीमा एक जना मृत फेला

धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत फेला परेका प्रहरीले जनाएको छ ।

मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। चौधरी मृगीको बिरामी भएको जनाइएको छ ।

Loading...