

कञ्चनपुर- सिमसार क्षेत्र संरक्षण हुन थालेपछी कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्दै गएको छ । जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयता देखि अजिङ्गर देखिन थालेका हुन् ।




अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन् । पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ वटाभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए ।


यो वर्षको साउन देखियता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ। उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटर देखि पाँच मिटरसम्म र तौल ३० किलोग्राम देखि ६० किलोग्राम सम्म रहने गरेको छ ।
उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा नेशनल पार्क, पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले बेलौरी र पुनर्वासमा बढी अजिङ्गर फेला पर्ने गरेका उनले बताए ।

