छाेटाे समयमा कञ्चनपुर जिल्लामै सफलताको शिखर चुम्दै जे.बि. एकेडेमी

अत्तरिया- भर्खरै सम्पन्न कञ्चनपुर जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ मा  कृष्णपुर नगरपालिकाबाट सहभागी भएका  जे.बी एकेडेमिका खेलाडीहरूले ३ स्वर्ण सहित १ रजत र १ कास्य गरि जम्मा ५ पदक जित्न सफल भएको छ । जे.बि. एकेडेमीले २०७९ सालबाट मात्रै राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाएको थियाे ।

बि.स. २०६६ सालमा स्थापना गरि संचालनमा आएको जे.बि. एकेडेमिले १५४ जना विद्यार्थीबाट पठनपाठन सरू गरेकाेमा १५ बर्ष भित्रै करिब ९०० बढी विद्यार्थी अध्ययनरत रहेका छन । हाल जे.बि. एकेडेमीमा मण्टेश्वरी कक्षा संगै नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।

Navadurga sun

जे.बि. एकेडेमीले लगातार शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा दिनुका साथै खेलकुद, सांस्कृतिक कार्यक्रम, समाजिक कार्यमा पनि त्यतिकै सहभागिता गरिरहेको छ । खेलाडीलाई नगद पुरस्कार सहित विशेष छात्रवृत्ति,आमाबुवा गुमाएका बच्चाहरूलाई निशुल्क, बुवा गुमाएका बच्चालाई ५०% छुट, मुक्त कमैयालाई ५०% छुट, दलित  विद्यार्थीलाई १०% छुट, निरपेक्ष गरिबिकाे रेखामुनि रहेकालाई अवस्था अनुसार आंशिक तथा पूर्ण छात्रवृत्ति गरि करिब १५० जना विद्यार्थी निशुल्क पढाइरहेको कुरा संस्थापक तथा  प्रिन्सिपल जगदीश सेटीले जानकारी दिए ।

जे.बि. स्कुलबाट कृष्णपुर नगरस्तरीय छनौट प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई प्रति स्वर्ण ५ हजार रुपैयाँ यस अघि नै एक विशेष कार्यक्रम गरि वितरण गरिसकेको छ । याे सँगसँगै शैक्षिक अवलोकन भ्रमण, निरन्तर विद्यार्थी, स्टाफ तथा अभिभावक अन्तरक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा सहभागिता जनाउनुका साथै कमजोर विद्यार्थीका अतिरिक्त कक्षामा साथै  दिवा तथा रात्री छात्रावासकाे व्यवस्था पनि गरेकाे छ ।

आफ्नै  १५ कट्टा जग्गामा खेलमैदान, सुविधासम्पन्न भवन, फर्निचर, कम्प्युटर यातायातका साधन भएको जे बि एकेडेमी  हरियाली युक्त शान्त वातावरणमा रहेकाे छ । साथै विद्यालयले समाजमा उत्कृष्ट कार्य गर्दै आएका व्यक्ति तथा संस्थालाई पनि वार्षिकोत्सव समारोहमा सम्मान गर्ने गरेको छ । जे.बि. एकेडेमीमा कराते, बक्सिङ र उसुका प्रशिक्षक लगायत कुल ४० जना शिक्षक कर्मचारी कार्यरत रहेका छन । 

ADD Khali jpg
ADD Khali jpg
Loading...