डोटीकाे एक फार्ममा जङ्गली चितुवा पसेर सबै कालिज मारिदिदा पाँच लाख बढीको क्षति

डोटी, १६ भदाै- डोटीको केआइसिंह गाउँपालिका वडा नं. ६ भूमिराजमाडौैको फलेडीमा व्यवसायिक रूपमा पालन गरिएका बहुउद्देश्यीय कालिज फार्ममा जङ्गली चितुवा पसेर सबै कालिज मारेको छ।

उक्त वडाका स्थानीयवासी कर्ण बोहराले व्यावसायिक रूपमा पालन गरेको कालिज फार्ममा सोमबार राती पसेको चितुवाले कम्तीमा पनि एक सय ५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक रूपसिंह थापाले जानकारी दिए।

Navadurga sun

जङ्गलबाट राती फार्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि बिहान स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। फार्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो।

बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि कम्तीमा पनि पाँच लाख २५ हजार नोक्सानी भएको उक्त कालिज फार्म सञ्चालक कर्ण बोहराले बताए। जिल्लामा पछिल्लो समय यहाँका युवाहरूले व्यवसायिक रूपमा कालिज पालन शुरू गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...