

बैतडी- बैतडीमा बाख्राखोरमा बाघले आक्रमण गर्दा ६ वटा बाख्रा मरेका छन् ।




जिल्लाको जिल्लाको पाटन नगरपालिका–२ सिन्टोल्का शंकर सिहँ महराका ६ वटा बाख्रा मरेका पाटन नगरपालिका–२ का ओडा अध्यक्ष महेश प्रसाद पन्तले बताए ।


खोरमा रहेका ६ वटा बख्रा मध्ये ५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो नभेटिएको अध्यक्ष पन्तले बताएका छन् । पछिल्लो समयमा पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार बाघ देखिन थाले पछि त्रास बढेको स्थानीयहरूले बताएका छन् ।

