राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औं स्थापना दिवस मनाइयो
अत्तरिया, १५ भदौ- राष्ट्रिय अपाङ्ग माहासंघ नेपालको २८ औं स्थापना दिवश मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा सुदुरपश्चिम प्रदेशमा मैन बत्ती प्रज्वलन गरेर भब्यताका साथ २८ औं स्थापना दिवश मनाईएको हो ।




उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश बोर्डका केहि पदाधिकारीहरु, सदस्य, सस्थाहरुबाट केहि पदाधिकारीहरु, पुर्व केन्द्रिय सदस्य, बर्तमान संघिय सदस्य, राष्ट्रिय अपाङ्ग माहासंघ नेपाल सुदुरपश्चिम प्रदेशका पुर्व अध्यक्ष र केहि अपाङ्गता अधिकार कर्मीहरुको सहभागिता समेत रहेको थियो ।


नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख रहेको छ ।




